काठमाडौँ । संगीत रोयल्टी संकलन तथा वितरणबारे नेपाल र भारतका संगीतकर्मीबीच द्विपक्षीय सम्झौता भएको छ । यसैसाता जापानमा आयोजित कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड म्युजिसियन राइट्स एसोसिएसन’बीच लिखित सम्झौता भएको हो ।
सम्झौतामा नेपाल तर्फबाट चर्चित र्यापर समेत रहेका संस्थाका उपाध्यक्ष निर्णय एनएसके र भारततर्फबाट एसोसिएसनका संस्थापक सञ्जय टन्डनले हस्ताक्षर गरे ।सम्झौताअनुसार नेपालमा भारतीय कलाकारको गीत सार्वजनिक थलोमा बजेबापत भारतीय कलाकारलाई रोयल्टी तिर्नुपर्नेछ । होटेल, रेस्टुरेन्ट, रेडियो, यातायात, बनभोज लगायतका थलोमा संगीत बजेबापत रोयल्टी रकम तिर्नुपर्नेछ ।
भारतमा नेपाली कलाकारको गीत बज्दा भारतले पनि नेपाललाई रोयल्टी बुझाउनुपर्नेछ । टन्डनले सम्झौतालाई कलाकारको अधिकारको लागि क्षेत्रीय ऐक्यबद्धतातर्फको एक शक्तिशाली कदमको रूपमा प्रशंसा गरे ।
यो सम्झौताले भारतीय र नेपाली गायकलाई एक अर्काको देशमा रहेका संयन्त्रमार्फत रोयल्टी संकलन गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ, जसले दक्षिण एसियाभरि भविष्यको सहयोगको लागि उदाहरण स्थापित गर्नेछ ।
सो अवसरमा ‘एससीएपीआर’का प्रबन्ध निर्देशक रेमी डेस्रोसिएर्ससँगै विभिन्न एसियाली मुलुकबाट सहभागी कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसन (सीएमओ)का का प्रतिनिधि थिए ।
उपाध्यक्ष निर्णय एनएसकेले पर्फर्मर्स सोसाइटी अफ नेपालले जापान, थाइल्याण्ड, मलेसिया र फिलिपिन्सका सीएमओसँग पनि यस्तै द्विपक्षीय सम्झौता भएको बताए । सीएमओमार्फत ती मुलुकका संस्थाले संगीतकर्मी र सर्जकको पेशागत हितको अधिकारमा वकालत र व्यवस्थापन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० त्रिकोणात्मक सिरिज: दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै
नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित
टी–२० सिरिज: नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट
क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको जीत
नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल