शिव परियारले गाए ‘अजम्बरी माया’

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०८२, ११ : ११
शिव परियारले गाए ‘अजम्बरी माया’

काठमाडौँ । गायक शिव परियारको स्वरमा मर्मस्पर्शी गीत ‘अजम्बरी माया’ सार्वजनिक भएको छ । डा. राजुबाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको सङ्गीत, आमोस तामाङको सङ्गीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।

भिडियोमा मोफसलमा रहेर कलाकारितालाई निरन्तरता दिइरहेका अभिनेता माधव केसीको अभिनय छ । केसीलाई भिडियो अभिनयमा मेनुका माझी र गणेश गहतराजले साथ दिएका छन् । 

मदन कश्यप घिमिरेको छायाङ्कन, मित्रा डी. गुरुङको सम्पादक रहेको भिडियो फिल्म निर्देशक समेत रहेका नबल नेपालको निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस