काठमाडौँ । पोखरा महानगरपालिका-८ सिमलचौरबाट लागू औषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा पुतली बजार नगरपालिका-५ घर भई हाल कास्की, पोखरा-७ रत्नचोक बस्ने २८ वर्षीय मनोज रेग्मी र २३ वर्षीय रोज कुँवर तथा पोखरा-१७ घारिपाटन बस्ने २८ वर्षीय राज बहादुर पौडेल र २८ वर्षीय राजेश बहादुर पौडेल छन् ।
सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सिमलचौर स्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको र ग १४ प ३३५९ नम्बरको मोटरसाइकलमा लागू औषध र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरीले कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित एक जना पक्राउ
झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ