मोरङ । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो ।
उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ ।’ आज (बुधबार) बिहान मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको घटना स्थलबाट इन्स्पेक्टर राईले जानकारी दिए ।
बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसयमिटर नजिक केटा रबिनको शव भेटिएको इन्स्पेक्टर राईको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुईजनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनको लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी आएको बताए । उनले भने, ‘घटना किन घट्यो ? कसरी घट्यो ? कारण पत्ता लगाउन अनुसन्धान सुरु भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता
झापामा तीन जनाको शव फेला
सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो
गोहीले खाएको अवस्थामा नारायणी किनारमा महिलाको शव फेला
सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि