सुनसरी । कोशी लोकमार्गबाट शस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो ।
गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् । बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ सय किलोग्राम गाँजा बरामद
सिरहामा ट्रकसँग ठोक्किएको कारबाट १३० किलो गाँजा बरामद
सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
रौतहटमा करिब १६ किलो गाँजा बरामद