काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् । आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् ।
बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन् ।
उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बसेका हुन् । उनी संसद्को हाजिर गरेर दर्शक दिर्घामा गएका हुन् । केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन् ।
‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्री ज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ,’ बजगाईंले भने, ‘बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँ–कहाँ अवरोध छन् त्यो पनि थाहै छ ।’
जानकारी हुँदा हुँदै सरकारले गोरखामा आवश्यक बजेट नदिएको र हरेक वर्ष विनियोजन हुँदै आएको रकम पनि कटौती भएको उनको गुनासो छ ।
साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालप्रति समेत उनको असन्तुष्टि छ । सांसद बजगाईं भन्छन्, ‘भौतिक पूर्वाधारमन्त्री जनताको मान्छे जस्तो लागेन । यसकारण विरोध स्वरुप दर्शक दिर्घामा गएको हुँ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रीले जनताको आवाज नसुनेको उनको आरोप छ ।
‘भौतिक पूर्वाधारमन्त्रीले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन ।’
प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण रहेको तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेट यसअनुसार आउन नसकेको उनले बताए ।
उनी थप्छन्, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले न प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन् न देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिए ।’
यसकारण दर्शक दिर्घामा गएर उभिएको उनको भनाइ छ । ‘गोरखाली जनताको तर्फबाट म उहाँ (भौतिक पूर्वाधारमन्त्री) को निर्णयको घोर भत्र्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टीआरएफलाई आतंककारीको सूचीमा राख्न सरकारसँग कांग्रेस सांसदको माग
रास्वपाका सहमहामन्त्री क्यानका डीजी जोगाइदिनुपर्यो भन्दै आउनुभयो : सांसद बजगाईं
प्रधानमन्त्री अझै यो सरकार टिकाउन सकिन्छ कि भनेर लाग्नुभएको छ : सांसद बजगाईँ
‘बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री सहित हामी अन्यायमा पर्यौँ’ : सांसद बजगाईँ