काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपालाई पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ? भन्दै प्रश्न गरेका छन् ।
आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरूले पाँच वटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’
उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैबाट सुरु गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने