काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद् अवरुद्ध गरिनु राम्रो नरहेको बताए । उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद् अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गरे ।
उनले भने, ‘उहाँहरूले आफ्नो पार्टीको आफ्नो धारणाहरू राख्न पाइएला । यसमा हामीले केही भन्नु छैन । उहाँहरू पनि लगभग सहमतिमा आउनुभएको विषय थियो । उहाँहरूले टाइम तोकियोस् भन्नुभएको थियो । गृहमन्त्रीले पछि बोल्दा म ३० दिन भित्रमा कार्य प्रारम्भ गर्छु भन्नुभयो । टाइमफ्रेम पनि तोकिदिनुभयो । अब चाहियो के ? उहाँहरूले विशुद्ध रूपमा आफ्नो सभापतिसँग जे भयो त्यो आरोप गृहमन्त्रीमाथि लगाएर उहाँहरूले प्रतिशोध लिन खोज्नुभएको हो भन्ने बुझ्न गाह्रो भएन । यसमा अरू केही कुरा भएन ।’
प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसाबले संसदलाई प्रयोग गर्न नमिल्ने बताए । उनले संसदलाई अवरुद्ध गर्नु र बन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार बन्धक बनाउनु रहेको बताए । संसद् आफ्नो नियमावलीअनुसार सञ्चालन हुने समेत उनले बताए । -न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन काँग्रेसको आग्रह
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय
कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा