काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने उल्लेख गरे ।
उनले संसद् आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए । शोक प्रस्ताव राख्दा पनि बेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको उनले जिकिर गरे । सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्को मर्यादा गिराएको उनले बताए। अशोभनीय व्यवहार र प्रवृत्ति संसदमा देखिनु राम्रो नभएको उनको भनाइ छ ।
प्रमुख सचेतक बर्तौलाले सङ्घीय निजामती लगायतका महत्त्वपूर्ण विधेयकहरू आजको संसद् बैठकबाट अघि बढाइने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा फरक मत दबाउने प्रयास : पूर्वराष्ट्रपति भण्डारी पक्षधर कार्यकर्तामाथि धमाधम कारबाही
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड
एमाले बागमती संसदीय दलको बैठक बस्दै
मधेस प्रदेशमा एमालेलाई वडा अधिवेशन गर्नै मुश्किल
एमालेले देखायो आफुविरुद्द लाग्ने चार विरोधी शक्ति, गोयबल्स शैलीमा कुप्रचार भएको आरोप