काठमाडौं । नेपाल र माल्टाबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा सहकार्यका विविध सम्भावनाबारे छलफल भएको छ।
माल्टाको उपप्रधानमन्त्री तथा परराष्ट्र तथा पर्यटन मन्त्रालयको आयोजनामा सम्पन्न बैठकमा पर्यावरण तथा समुद्री मामिलाका विभाग सम्हालेका चर्चित राजनीतिज्ञ तथा युरोपेली आयोगका पूर्व सदस्य कर्मेनु भेल्लासहित माल्टाका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
व्यक्तिगत कारणले उपप्रधानमन्त्री तथा परराष्ट्र तथा पर्यटन मन्त्री स्वयं उपस्थित हुन नसके पनि बैठकमा पर्यटन प्रवर्द्धन, आयात–निर्यात व्यापार विस्तार, नेपाली लगानीकर्तालाई सहजीकरण र माल्टा टुरिज्म अथरिटीसँग सहकार्य गर्दै नेपाललाई प्रवर्द्धन गर्ने विषयमा गहिरो छलफल भएको थियो।
त्यसैगरी, "स्किल्स पास" कार्यक्रमसँग सम्बन्धित विषयहरूमा पनि विशेष छलफल गरियो। नेपाली आतिथ्य (हस्पिटालिटी) विद्यार्थीहरूलाई माल्टामा इन्टर्नशिपको अवसर प्रदान गर्ने विषयमा सकारात्मक संकेत मिलेको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।
भेटका अवसरमा नेपाली सांस्कृतिक पहिचानको प्रतीक 'खुकुरी' माल्टाका प्रतिनिधिमण्डललाई मायाको चिनोस्वरूप प्रदान गरिएको थियो। यस प्रकारको संवादले नेपाल–माल्टा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित