काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन ।
नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए। नोभीकोभले आयोजना गर्नुभएको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।
त्यस अवसरमा रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी
समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै