काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन ।
नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए। नोभीकोभले आयोजना गर्नुभएको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।
त्यस अवसरमा रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै
जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव
भारतका उपराष्ट्रपतिले दिए राजीनामा
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव