झापा । झापामा बुधबार भिन्दाभिन्दै स्थानमा तीन जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा– ४ मदनपुर जलाधार सडक, बिर्तामोड– २ फूलबारी टोल र अर्जुनधारा– ११ नयाँबस्तीमा शव भेटिएका हुन् ।
अर्जुनधारा– ४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड– २ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा– ११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला