काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए। उनले भने, “समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाइ आग्रह पनि गर्दछु ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सो पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।
साथै अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेलाई उचित जिम्मेवारी दिइने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड
तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग