कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्रका विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।
नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनको भनाइ छ ।
गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोको समयमा बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ ।
गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन
विद्यालयमा १५ दिन बिदा कटौती
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने