एजेन्सी । दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा ६ जना मारिएका छन् । घटनामा धेरै घाइते भएका छन् ।
शनिवार बिहानैदेखि खाद्यान्न लिनका लागि मानिसहरूको भिड लागेको समयमा गोली प्रहार भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार मानिसहरू राहत लिनका लागि हिँडेको समयमा नै आक्रमण भएको हो ।इजरायलले भने आफूहरूमा खतरा भएको महसुस भएका कारण चेतावनी युक्त रूपमा बन्दुक पड्काएको जनाएको छ ।
बितेको एक सातामा मात्र इजरायली आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।अमेरिका र इजरायलको नियन्त्रणमा हमासले सञ्चालन गरेको राहत वितरण कार्यक्रम पनि अहिलेलाई स्थगित गरिएको छ ।
राहत वितरण रोकिए पनि त्यसैको आसमा गाजाबासी आउने गरेका छन् । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले उक्त क्षेत्रमा सेनाको गतिविधि हुने भएकाले नआउनका लागि सूचना जारी गरेको बताएको छ ।
राहत वितरण गर्ने जिएचएफले शनिबार नै हमासको धम्कीका कारण राहत वितरण नगरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु