काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन् ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन गर्दै भण्डारीले भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्व स्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको बताएकी हुन् ।
विज्ञान केबल प्रयोगशालामा सीमित रहने विषय नभई मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया भएको उनको भनाई थियो । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धानमूलक दृष्टिकोण र नवप्रवर्तनशील क्षमता विकास गराएर विश्व स्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो दायित्व हो । मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुसीको विषय हो । विज्ञान केबल प्रयोगशालामा सीमित रहने विषय होइन । बरु यो त मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्याउने प्रभावकारी प्रक्रिया हो ।
पूर्व राष्ट्रपति भण्डारीले नेपालमा मुलुकको समृद्धिका लागि चाहिने उपयोगी प्राकृतिक श्रोत, साधन र सम्पदाहरू प्रचुर रूपमा उपलब्ध रहेको बताउँदै तिनको दिगो र अधिकतम प्रयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धिमा साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य छ । राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक छ । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधन,श्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
चीनपछि भारत भ्रमणको तयारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति भण्डारी 'एमाले टोली नेता' बनेर चीन भ्रमणमा जादै, यस्तो छ भ्रमण तालिका