काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन्। बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फेरि जित, फेरि बधाई। आईसीसी सिडब्लुसी लिग–२ अन्तर्गतको नेपाल र नेदरल्याण्ड बीचको खेलमा नेपालले ५ विकेटले शानदार जित हासिल गरेको छ। हार्दिक बधाई।’ यसअघि नेपालले रोमाञ्जक खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको जित निकालेको थियो।
बुधबारको खेलमा नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे। ९९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ७८ रन बनाए।
यस्तै दीपेन्द्र सिंह ऐरीले नटआउट ३८ रन बनाउँदा कप्तान रोहित पौडेल २३ रनमा रनआउट भए। ओपनर कुशल भुर्तेलले २५ रन बनाउँदा अर्का ओपनर आसिफ शेख १९ रनमा समेटिए।
बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीले समान दुईदुई विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग