काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन गरिएको छ । यसअघि बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक सत्ता-प्रतिपक्षबीच सहमति नजुटेपछि सूचना टाँस गरेर समय परिवर्तन गरिएको हो ।
दिउँसो ३:१५ का लागि सूचना टाँस गरेर बैठक सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । यसअघि सभामुख घिमिरेले निरन्तर अवरुद्ध भइरहेको संसद् खुलाउने विषयमा प्रमुख दलका सचेतकसँग छलफल थिए । तर, छलफल निष्कर्षविहीन भयो ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया पनि सहभागी भए । छलफलमा सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नो अडानबाट टसमस नभएपछि निकास निस्किएन ।
मंगलबार पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । दुई पटक सूचना टाँसेर बस्दै नबसी बैठक बुधबार दिउँसो १ बजेसम्मका स्थगित भएको थियो ।
भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ भने सत्तापक्ष त्यसमा तयार छैन । सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने समेत माग राखेका छन् । सत्ता पक्ष समिति गठनका लागि सकारात्मक नभएको विपक्षीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक सुरु
भोलि १ बजेसम्मका लागि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित
नियमित प्रक्रियामा नगई सदन स्थगित
प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित