काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ ।
बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
विगतको पनि छानविन गर्न सके यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको बताए। उनले भने, ‘आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।’
यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने माग विपक्षी दलले अघि सारेका छन्। तिन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय