काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गणतान्त्रिक व्यवस्थाको समर्थनमा देशभर आमसभा गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूको बैठकबाट कांग्रेसले यस्तो निर्णय लिएको हो ।
शुरुमा काठमाडौंबाट कांग्रेसले आमसभा सुरु गर्नेछ । ‘काठमाडौंबाट आमसभा सुरु गरेर हामी त्यसपछि ७७ वटै जिल्लामा गणतन्त्रको पक्षमा कांग्रेसले आमसभा आयोजना गर्नेछ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने ।
प्रतिनिधिसभाकै तेस्रो दल नेकपा (माओवादी केन्द्र) र त्यसपछि दोस्रो ठूलो दल एमालेले पनि यस अगाडी गणतन्त्रको पक्षमा जनसभा आयोजना गरिसकेका छन् ।
गणतन्त्रका पक्षमा देशभर जनसभा गर्ने निर्णय गरेको कांग्रेसले सभाको मिति र स्थान भने तय गरेको छैन । अबको बैठकबाट मात्र यस विषयमा निर्णय लिने पनि कांग्रेस प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।
‘आमसभा कहाँ कहिले गर्ने भन्ने मिति र स्थान तय भएको छैन, यो अबको बैठकबाट तय गरिनेछ,’ प्रमुख सचेतक घिमिरेले भने । सोमबारको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र समर्थक र हिन्दुवादी समूहहरूको चलिरहेको आन्दोलनको बारेमा पार्टी नेताहरूलाई जानकारी गराएपछि कांग्रेसले गणतन्त्रका पक्षमा देशभर जनसभा आयोजना गर्ने निर्णय लिएको हो । राजावादीहरुले आन्दोलन थप चर्काउँदै लगेको अवस्थाका कारण पनि कांग्रेस यसमा सचेत बनेर उभिनुपर्ने धारणा देउवाले बैठकमा राखेका थिए ।
एमालेले जेष्ठ १५ मा गणतन्त्र दिवसको अवसरमा गणतन्त्र महोत्सव आयोजना गरेको थियो जुन राजतन्त्र समर्थक शक्तिहरूले आह्वान गरेको प्रदर्शनसँग मिल्दोजुल्दो थियो । प्रतिनिधि सभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग मिलेर ४४ विभिन्न हिन्दुवादी र राजतन्त्रवादी समूहहरूको गठबन्धनले काठमाडौंमा दैनिक रूपमा विरोध प्रदर्शन गर्दै आएको छ ।
राजावादीहरुले सडकमा दिनहुँ प्रर्दशन गर्न थालेपछि गणतन्त्रका पक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि अलग अलग रुपमा प्रर्दशन तयारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने