धनगढी । अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका छन्। रामारोशन गाउँपालिका-७ मा जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्। घर नजिकैको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएका थिए।
बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्।
तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
प्रहरीले च्याउ विषालु भएको पुष्टि गर्दै आगामी दिनमा जङ्गली च्याउ खानु अघि सचेत रहन अभिभावकलाई आग्रह गरेको छ। बर्खायाम सुरुभएसँगै सुदूरका पहाडी क्षेत्रका स्थानीयले खोजी खोजी जंगली च्याउ खाने गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको शव फेला
चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
जंगली च्याउ खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु