जुम्ला । जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना सदस्य बिरामी भएका छन्।
आइतबार दिउँसो करिब ३ बजे च्याउ सेवन गरेपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लगायतका लक्षण देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो।
बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय पुजन बिष्ट छन्।
उनीहरू सबै लेखकमान महतराको परिवारका सदस्य हुन्। हाल सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली च्याउ खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी