काठमाडौ । उदयपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठजना बिरामी परेका छन्।
चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउकाे तरकारी खाँदा आठ जना बिरामी परेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा छन्।
सदा परिवारले मङ्गलबार बिहान घर नजिकैकाे जंगलबाट ल्याएकाे च्याउकाे तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउकाे दुख्ने जस्ता समस्या देखिएकाे थियाे।
बिरामी मध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारकाे लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकाे छ।
बाँकी पाँच जना बिरामीको नगर अस्पताल बेल्टारमै उपचार भइरहेकाे छ।सदा परिवारले मङ्गलवार बिहान घर नजिकैकाे जंगलबाट ल्याएकाे च्याउकाे तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुन थालेकाे थियाे।
चौदण्डीगढी नगरपालिकाका ९ का वडाध्यक्ष अध्यक्ष प्रकाश राउतले आर्थिक अवस्था कमजाेर रहेका सदा परिवारको नगरपालिकाले निःशुल्क उपचार गर्ने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी