काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन् ।
‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने । संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजे पनि सम्भव नभएको ओलीले बताए ।
‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला’, ओलीले भने, ‘म भन्न चाहन्छु, यस्तो नचाहिँदा कुरामा संसद रोकेर देशलाई बरबाद पार्ने काम गर्न हुँदैन ।’
ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए । ‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा । केही तथ्य प्रमाण केहीले छोएको छैन । एउटा कर्मचारीलाई बोलाएर सोध्यो भनेको भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कसैको माग्यो, नभए संसद् अवरोध यस्तो हुँदैन ।’
संसद् अवरोध गर्ने कार्य प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक भएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता