काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन् ।
‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने । संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजे पनि सम्भव नभएको ओलीले बताए ।
‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला’, ओलीले भने, ‘म भन्न चाहन्छु, यस्तो नचाहिँदा कुरामा संसद रोकेर देशलाई बरबाद पार्ने काम गर्न हुँदैन ।’
ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए । ‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा । केही तथ्य प्रमाण केहीले छोएको छैन । एउटा कर्मचारीलाई बोलाएर सोध्यो भनेको भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कसैको माग्यो, नभए संसद् अवरोध यस्तो हुँदैन ।’
संसद् अवरोध गर्ने कार्य प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक भएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
बजेट प्रस्तुतपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा