काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ संस्थाको अवधि अन्तिम पटकका लागि फेरि थप्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि थप्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने पक्षमा देखिएकाले निर्णय पनि सोही अनुसार भएको शीर्ष तहका एक नेताले जानकारी गराए । ‘अन्तिम पटकका लागि एक पटक समय थपौँ भन्ने कुरा भएको छ । भंग गर्दा अर्को समस्या आउने उहाँको मनसाय थियो,’ बैठकमा सहभागी ती नेताले भने, ‘निर्देशक समिति र भ्रातृ संस्थाका अध्यक्षलाई बोलाएर पार्टीले तय गरेको कार्यतालिकामा अधिवशेन गर्ने निर्देशन गर्ने मोटामोटी सहमति बनेको छ ।’
नेताहरूका अनुसार बढीमा असोजसम्मको समय सीमा दिएर अवधि महाधिवशेनन्मुख गराउने निर्णय भएको छ । काँग्रेसका १३ मध्ये पाँचवटाले मात्रै अधिवेशन गरेर निर्वाचित समिति ल्याएका छन् । प्रमुख भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल, महिला संघ लगायतले यसअघि तोकिएको समयमा महाधिवशेन गर्न सकेनन् ।
चैत मसान्तसम्मको समयावधिभित्र अधिवशेन गर्न पार्टीले निर्देशन समिति गठन गरेर निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ