काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ संस्थाको अवधि अन्तिम पटकका लागि फेरि थप्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि थप्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने पक्षमा देखिएकाले निर्णय पनि सोही अनुसार भएको शीर्ष तहका एक नेताले जानकारी गराए । ‘अन्तिम पटकका लागि एक पटक समय थपौँ भन्ने कुरा भएको छ । भंग गर्दा अर्को समस्या आउने उहाँको मनसाय थियो,’ बैठकमा सहभागी ती नेताले भने, ‘निर्देशक समिति र भ्रातृ संस्थाका अध्यक्षलाई बोलाएर पार्टीले तय गरेको कार्यतालिकामा अधिवशेन गर्ने निर्देशन गर्ने मोटामोटी सहमति बनेको छ ।’
नेताहरूका अनुसार बढीमा असोजसम्मको समय सीमा दिएर अवधि महाधिवशेनन्मुख गराउने निर्णय भएको छ । काँग्रेसका १३ मध्ये पाँचवटाले मात्रै अधिवेशन गरेर निर्वाचित समिति ल्याएका छन् । प्रमुख भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल, महिला संघ लगायतले यसअघि तोकिएको समयमा महाधिवशेन गर्न सकेनन् ।
चैत मसान्तसम्मको समयावधिभित्र अधिवशेन गर्न पार्टीले निर्देशन समिति गठन गरेर निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
कारबाहीको सिफारिस भएकालाई कांग्रेसले सदस्यता नवीकरण खुला गर्ने