चीनपछि भारत भ्रमणको तयारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी

राजनीतिमा पुनरागमनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०८२, ०९ : ४९
चीनपछि भारत भ्रमणको तयारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणपछि भारत भ्रमण गर्ने तयारीमा छिन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहँदा यतिवेला उनी चीन भ्रमणमा छिन् ।

चीनको १० दिने भ्रमणमा रहेकी राष्टपतिले दुई छिमेकी मुलुकबीचको सम्वन्ध सन्तुलन राख्दै आफनो छवि बलियो बनाउन खोजिरहेकी छिन् । त्यहीक्रममा भण्डारीले चीन लगत्तै भारत भ्रमणको तयारी सुरु गरेको उनी निकट नेताहरुको भनाई छ । यद्यपि भारत भ्रमणको मिति भने टुंगो लागेको छैन ।

'उहाँ (भण्डारी) अब चीनबाट फर्केपछि भारत भ्रमणमा जानुहुन्छ', भण्डारी निकट नेता गोकुल बाँस्कोटा भन्छन्, 'हामी भारत र चीनबीच एकतर्फ झुक्न हुँदैन भन्नेमा प्रष्ट छौं, त्यही आधारमा उहाँ प्रस्तुतु हुनुहुनेछ ।'

एमाले अध्यक्ष ओलीले भने रास्ट्रपति भईसकेको ब्यक्ति पार्टी राजनीतिमा फर्किने कुरालाइ त्यक्तिमन पराईरहेका छैनन । जसकाकारण उनको सक्रिय राजनीतिको विषय अहिले पनि एमालेभित्र विवादको विषय बनेको छ ।

नेकपा एमालेका नेताहरुले भण्डारीले पार्टी सदस्यता नविकरण गरेको विषय खुलाएका छैनन । तर गोकुल बाँस्कोटाले भण्डारीले पार्टी सदस्यता नविकरण गरिसकेको बताएका छन् ।

'उहाँ (भण्डारी) ले पार्टी सदस्यता नविकरण गरिसक्नुभएको छ',-बाँस्कोटाले भने । कोभिडको समयमा, भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अन्यसँग कुरा गरेर अन्तर्राष्ट्रिय मञ्चमा पनि आफ्नो नेतृत्व प्रमाणित गरेको र अब एमाले नेताको रूपमा भण्डारीको विकल्प नभएको बाँस्कोटा बताउँछन् ।

एमालेकी पूर्व उपाध्यक्ष भण्डारी दुई पटक देशको राष्ट्रपति निर्वाचित भएकी थिइन् । त्यसपछि उनी अहिले एमालेको पार्टी राजनीतिमा फर्किने उपयुक्त मौका खोजिरहेकी छिन् । एमाले अध्यक्ष ओलीले भने रास्ट्रपति भईसकेको ब्यक्ति पार्टी राजनीतिमा फर्किने कुरालाइ त्यक्तिमन पराईरहेका छैनन । जसकाकारण उनको सक्रिय राजनीतिको विषय अहिले पनि एमालेभित्र विवादको विषय बनेको छ ।

उनी रास्ट्रपति हुँदा उपरास्ट्रपति रहेका नन्दवहादुर पुन पासाङ माओवादीको सक्रिय राजनीतिमा फर्केर उपाध्यक्ष बनिसकेको अवस्थामा भण्डारीलाई राजनीतिमा फर्किने एउटा बाटो सहज भने बनाईदिएको छ ।

चीनले पनि भण्डारी राजनीतिमा फर्किने र नेपालका कम्युनिष्टहरु एकठाँउमा उभिनसक्ने र बलियो कम्युनिष्ट केन्द्र बन्न सक्ने सम्भाबनाको आंकलन गरेको भण्डारीको चीन भ्रमणका क्रममा संकेत गरेको छ ।

भण्डारी आफनो सक्रिय राजनीतिको पुनरागमनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन दृढ देखिन्छिन् । हिजो शनिबार उनले चीनको गान्सु प्रान्तमा चिनियाँ उपराष्ट्रपति हान झेङलाई भेटिन् । हान उनको चीन भ्रमणको क्रममा भेटेकी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् । यसअघि, शुक्रबार, उनले १३ औं राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष र चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिंग्सुआनसँग भेट र वार्ता गरेकी थिइन ।

चीन पछि भारत भ्रमणमा जाने तयारी गर्नुले उनको राजनीतिक मोह प्रस्टाएको छ ।

प्रतिक्रिया दिनुहोस