काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट पार्टी दुई तिहाइमा पुर्याएपछि आन्दोलनभित्रबाटै हमला सुरु गरेको आरोप लगाएका छन् । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नेकपा र एमालेभित्रको आन्तरिक किचलोलाई सम्झिँदै एमालेलाई धुलो बनाउने उद्देश्य असफल बनाएको दाबी गरे ।
उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘पार्टी नफुटाउञ्जेल पार्टीको भलाइका लागि उपद्रो मच्चाएका हौँ भने, एमालेको भलाइको लागि वितण्डा खडा गरेको भने, पार्टी फुटाएका थिए, एमालेलाई धुलो बनाउने, एमालेको अस्तित्व देशबाट मेटाउने हो भनेर घोषणा गरे । उनीहरूले खुलस्त नारा दिए । केपी ओलीविनाको एमाले बनाउन खोजे ।’
अध्यक्ष ओलीले नेकपाकालमा आफूलाई प्रचण्ड र माधव नेपाल समूहले साधारण सदस्यसमेत हुन नपाउने गरी हटाएको स्मरण गरे । देश बनाउन हिँडेको एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर प्रतिक्रियावादीहरूले एमालेविनाको देश कल्पना गरेको भए पनि त्यो षड्यन्त्रलाई असफल बनाएको बताए ।
उनले कुनै भोट नकिनी, हत्या नगरी प्रहरी प्रशासनको दुरुपयोग नगरी सबैको घेराबन्दीबीच पनि एमालेलाई लोकप्रिय पार्टी बनाएको जिकिर गरे । ओलीले एमालेलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे । उनले एमालेले स्पष्ट बहुमत ल्याउनु नै मिसन २०८४ भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'
मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन: ओली
‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’: केपी ओली