काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट पार्टी दुई तिहाइमा पुर्याएपछि आन्दोलनभित्रबाटै हमला सुरु गरेको आरोप लगाएका छन् । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले नेकपा र एमालेभित्रको आन्तरिक किचलोलाई सम्झिँदै एमालेलाई धुलो बनाउने उद्देश्य असफल बनाएको दाबी गरे ।
उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘पार्टी नफुटाउञ्जेल पार्टीको भलाइका लागि उपद्रो मच्चाएका हौँ भने, एमालेको भलाइको लागि वितण्डा खडा गरेको भने, पार्टी फुटाएका थिए, एमालेलाई धुलो बनाउने, एमालेको अस्तित्व देशबाट मेटाउने हो भनेर घोषणा गरे । उनीहरूले खुलस्त नारा दिए । केपी ओलीविनाको एमाले बनाउन खोजे ।’
अध्यक्ष ओलीले नेकपाकालमा आफूलाई प्रचण्ड र माधव नेपाल समूहले साधारण सदस्यसमेत हुन नपाउने गरी हटाएको स्मरण गरे । देश बनाउन हिँडेको एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर प्रतिक्रियावादीहरूले एमालेविनाको देश कल्पना गरेको भए पनि त्यो षड्यन्त्रलाई असफल बनाएको बताए ।
उनले कुनै भोट नकिनी, हत्या नगरी प्रहरी प्रशासनको दुरुपयोग नगरी सबैको घेराबन्दीबीच पनि एमालेलाई लोकप्रिय पार्टी बनाएको जिकिर गरे । ओलीले एमालेलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे । उनले एमालेले स्पष्ट बहुमत ल्याउनु नै मिसन २०८४ भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन