कार्यव्यवस्था परामर्श समिति बैठक

असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, १५ : २०
असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार

काठमाडौं । प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । केहीबेरअघि बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १-१२ को सम्भावित कार्यसूची टुंग्याएको हो । जेठको बाँकी दिनमा १० वटा र असार १२ सम्म ९ वटा बैठक निर्धारण गरिएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन् ।

२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ ।सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।

शिक्षा विधेयक भने यो तालिकामा परेको छैन । उक्त विधेयक संसदीय समितिबाट नटुंगिसकेको र पछि आएपछि कार्यसूचीमा राखिने बताइएको छ । शिक्षकसँगको भएको सहमतिअनुसार सरकारले असार १५ सम्म शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस