काठमाडौँ । प्रहरीले बाराको अमलेखगञ्जबाट लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल छन् ।
भारतीय कार नम्बर बीआर–०१–बियु–३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा वरिष्ठ सई धनप्रसाद श्रेष्ठ कमान्डको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले बताए ।
आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल २१ हजार ६ सय ट्याब्लेट बरामद गरेको छ । प्रहरीले ७६ बोतल लागु औषध ओनरेक्स पनि बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ