काठमाडौं । सगरमाथा आरोहण मे महिनाको अन्त्यसँगै सकिन्छ । यो मे महिनामा सयौँ पर्वतारोही र उनीहरूका शेर्पा गाइड कठोर मौसमको सामना गर्दै संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन् ।
केही पर्वतारोही मेको मध्यतिर शिखरमा पुग्न सफल भएका थिए । तर, मौसम दिनहुँ प्रतिकूल हुँदा धेरैजना आधार शिविरमै फर्कनुपरेको थियो । तीमध्ये एक थिए, कामीरिता शेर्पा । उनी ३१औँपटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोड्ने प्रयासमा थिए ।
उनी मे २७ मा ८,८४९ मिटर (२९,०३२ फिट) उचाइको शिखर सफलतापूर्वक चढ्न सफल भए । तर, धेरै पर्वतारोही यति भाग्यमानी भएनन् ।
पर्वतारोहण विभागका अनुसार, मे महिनाको अन्त्यसम्म ५७ देशका ४६८ विदेशी पर्वतारोहीलाई सगरमाथा आरोहण अनुमति दिइएको थियो । करिब उही संख्यामा नेपाली गाइड पनि थिए ।
शिखरतिरको मौसम अनुकूल हुने समय छोटो अवधिका निम्ति मात्र हुन्छ । सोही कारण एकल सुरक्षा डोरीमा सयौँ पर्वतारोही एकैपटक लाइन लागेर सगरमाथाको चुचुरोमा उक्लने गर्छन् । एकैपटक धेरै चढ्ने भएकाले यो अवस्थालाई सगरमाथा ‘ट्राफिक जाम’ भनिन्छ ।
“सगरमाथामा मौसम मुख्य कुरा हो । तर, यो वर्ष पूर्वानुमानानुसार भएन । दोस्रो कुरा, धेरै भीड थियो । किनभने, व्यावसायिक र नयाँ दुवै पर्वतारोही एकैपटक आएका थिए,” गाइड पासाङ रिन्जी शेर्पाले भने ।
उनले थपे, “केही नयाँ पर्वतारोहीका कारण गति ढिलो भएको हो ।” पासाङ रिन्जीले यसअघि दुईपटक शिखर चढिसकेका छन् । तर, योपटक बिरामी परेपछि नचढी फर्कनुपर्यो ।
उनले भने, “सगरमाथाको खुम्बु क्षेत्रको नामबाट चिनिने खुम्बुमा खोकी र फ्लुका थुप्रै घटना देखिएका थिए । यसले उच्च उचाइमा पर्वतारोहीलाई प्रभावित गर्छ । सोही कारण यसपालि केही पर्वतारोही र गाइडले आफ्नो आरोहण स्थगन वा रद्द गरेका थिए ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे