काठमाडौं। बलात्कार आरोपमा छुट्टाछुट्टै जिल्लामा तीन जना पक्राउ परेका छन् ।पर्सामा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जगरनाथपुर गाउँपालिका-६ संठी बस्ने २३ वर्षीय विशाल यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
विशालले ती बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता इलाममा ४७ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१२ शेर्पा गाउँ बस्ने ४७ वर्षीय दावा शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । दावाले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, दाङमा १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ नारायणपुर बस्ने २४ वर्षीय एलेक्स बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
एलेक्सले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ