विराटनगर। झापा र इलामबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । उनीहरूलाई झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको विराटनगरले जानकारी दिएको छ।
पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका- ५ का २५ वर्षीय रूपक गड्तौला र शिवसताक्षी नगरपालिका- ९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बू छन् । मे ५ प ९६४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।
यस्तै, प्रहरी चौकी बाघखोरबाट खटिएको टोलीले दमक नगरपालिका- ३ का २९ वर्षीय किरण राई र भारत बिहारका ३६ वर्षीय मनीषकुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी इलामको चुलाचुली गाउँपालिका- ४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीबाट खटिएको टोलीले प्र १-०१-०१३ प ५४८३ नम्बरको मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय अन्जन राईलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ८५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ