बुटवल । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको एघारौँ बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू पेस गरिनेछ । साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०८२, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै