प्रदेश राजधानी तोकिएको समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई सरकारको आग्रह

बुधबार, १९ पुस २०७४, १६ : ०१
प्रदेश राजधानी तोकिएको समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई सरकारको आग्रह

काठमाडौं । सरकारले प्रदेशको राजधानी नतोकिएको जनाएको छ । मंगलबारका केही संचारमाध्यमले सरकारले प्रदेशको राजधानी तोकिसकेको भनेर समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको भन्दै संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका प्रवक्ता हरिप्रसाद पन्थीले त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका मात्रै तयार पारेका हुन् ।
पन्थीका अनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम प्रस्ताव गरिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस