काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गदै ‘प्रचण्ड’ले भने, ‘निर्वाचन अहिले नेपालको राष्ट्रिय आवश्यकता बनेको छ । अब निर्वाचनको विकल्प छैन ।’ उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल पार्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् । अब अरु विकल्पमा जाँदा जोखिम हुने भन्दै उनले निर्वाचनको विकल्पमा जानुको विकल्प नभएकोमा उनको जोड छ । पूर्ण रूपले निर्वाचन सम्पन्न होस् भन्ने कामना गरे। ‘प्रचण्ड’ले नेकपाको शक्तिलाई जिस्क्याउने काम नगर्न चेतावनीसमेत दिए ।
उनले जेन जेडको अभिभावक नेकपा भएको भन्दै जेन जेडका प्रतिनिधि हामी हौँ भनेर स्टन्ट नगर्नसमेत चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार