चितवन । रास्वपाका सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन्।
रिहा भएलगत्तै चितवनमा विशेष सम्बोधन गर्दै मिल्न पर्नेहरूसँग आफूहरू संवादमा रहेको बताए। उनले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताए।
उनले भने, ‘म एउटा चुनावको लागि राजनीतिमा आएको मान्छे होइन, एउटा पुस्ताको लागि आएको हुँ। त्याग गर्ने पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। पुस्ताको लागि मिल्ने हो भने रवि लामिछानेले त्याग गर्छ, एउटा चुनावको लागि हो भने आई एम सरी।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ आइपुगे रवि लामिछाने
रिहा पछि आज चितवनबासीलाइ ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने अदालत उपस्थित
रवि लामिछाने चितवनबाट भैरहवा प्रस्थान
भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि