रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०८२, ११ : २१
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी बागमतीबाट र सबैभन्दा कम कर्णालीबाट रास्वपाको समानुपातिक उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन परेको छ ।

रास्वपाले सार्वजनिक गरेको सूचीमा कोशीका ६०, मधेशका ६१, बागमतीमा ९४, गण्डकीमा ४३, लुम्बिनीमा ४४, कर्णालीमा २१ र सुदूरपश्चिममा ३० जनाले समानुपातिक उम्मेदवार बन्न इच्छा व्यक्त गरेका छन् ।

सात वटै प्रदेशमा प्राप्त नामावली रास्वपाले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । रास्वपाले उनीहरूसँग सम्बन्धित प्रदेशमा पुस ५ गते छलफल कार्यक्रम राखेको छ ।

रास्वपामा प्रत्यक्ष उम्मेदवार बन्न चाहनेले समानुपातिकबाट नाम फिर्ता लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस