काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक गरेको छ ।
सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी बागमतीबाट र सबैभन्दा कम कर्णालीबाट रास्वपाको समानुपातिक उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन परेको छ ।
रास्वपाले सार्वजनिक गरेको सूचीमा कोशीका ६०, मधेशका ६१, बागमतीमा ९४, गण्डकीमा ४३, लुम्बिनीमा ४४, कर्णालीमा २१ र सुदूरपश्चिममा ३० जनाले समानुपातिक उम्मेदवार बन्न इच्छा व्यक्त गरेका छन् ।
सात वटै प्रदेशमा प्राप्त नामावली रास्वपाले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । रास्वपाले उनीहरूसँग सम्बन्धित प्रदेशमा पुस ५ गते छलफल कार्यक्रम राखेको छ ।
रास्वपामा प्रत्यक्ष उम्मेदवार बन्न चाहनेले समानुपातिकबाट नाम फिर्ता लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति