चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्नेतर्फ सरकार लागेको बताएका छन् ।
उद्योग वाणिज्य संघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताए ।
उनले भने, “तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौँ भन्ने अवस्थामा हामी छौँ ।” जनताले दुःख पाएको बताउँदै उनले जनताको आवश्यकताअनुसार सरकारले काम गर्ने बताए । विकास निर्माणसँगै नीति निर्माणमा परिवर्तन गर्न यो सरकारले खोजेको बताउँदै उनले देशलाई संस्थागत रूपमा निकास दिन जरुरी रहेको बताए ।
उनले यहाँका सप्तगण्डकी नदीमा पानी भण्डारण गरी जलाशय निर्माण गरेर विद्युत् उत्पादनसँगै विभिन्न पर्यटकीय स्थलको विकास गरिने बताए । पोखरा, भरतपुर र लुम्बिनी क्षेत्रलाई इलेक्ट्रिसिटी ग्रिन करिडोरका रूपमा विकास गर्ने काम अघि बढिरहेको उनले जानकारी दिए । शक्ति खोर औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाइने उल्लेख गर्दै उनले यहाँ औद्योगिक क्षेत्र स्थापना हुनुमा आफू पनि सकारात्मक रहेको बताए ।
आगामी निर्वाचनपछि आउने नयाँ सरकारले नयाँ अनुहार र नयाँ सोच ल्याउनुपर्ने उल्लेख गर्दै उनले देशलाई समृद्धिको बाटोमा हिँडाउन सक्ने शक्ति आउनु आवश्यक रहेको बताए । जनताले देशलाई ठोस परिणाम दिन सक्ने नयाँ शक्ति सचेत रूपमा छान्नुपर्नेमा उनले जोड थिए । सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जिल्लाका समग्र व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ’ : मन्त्री घिसिङ
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ
मन्त्री घिसिङद्वारा दुधौरा पुलको निरीक्षण, तत्काल काम सम्पन्न गर्न निर्देशन
मन्त्री घिसिङले भने : ‘कर्मचारीका कारण ठेक्का रुग्ण भए
ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न मन्त्री घिसिङको आग्रह