मधेस प्रदेशसभा: सभामुख पदका लागि जसपा नेपालका यादवले गराए उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०८२, १५ : ०५
मधेस प्रदेशसभा: सभामुख पदका लागि जसपा नेपालका यादवले गराए उम्मेदवारी दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।

उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा नेपाली काँग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस