काठमाडौं । वैदेशिक राजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो । उनले क्यानडा पठाउने भन्दै एक व्यक्तिबाट ७ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले बताएको छ । पक्राउ परेकी राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ