पोखरा । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ७ स्थित चोरमारा बस्ने २४ वर्षका नविन कुमाल र सोही ठाउँका २२वर्षीय रादिम मिधुन छन् ।
अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु