काठमाडौँ । काठमाडौँको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा मगर ‘च्वाँचे’, २४ वर्षीय सन्तोष तामाङ र धादिङ घर भएका १९ वर्षीय प्रविन भण्डारी छन् । आरोपीहरु यसअघि ८ वटा लुटपाट तथा चोरीको घटनामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी बोहराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ