कैलाली। कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतन मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
डीएसपी सिंहका अनुसार यही जेठ १० गते राति अन्दाजी ८ बजेको समयमा त्रिनगर भन्सार कार्यालयको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख धामीको कमान्डमा खटिएको टोलीले भन्सार कार्यालयको हाताभित्र आई अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र इलामबाट लागुऔषधसहित ५ जना पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
नागढुंगामा बस चेक गर्दा १२ किलो चाँदीका गहना बरामद, सहचालक पक्राउ
मोबाइल लुटमा संलग्न ३ जना पक्राउ
वैदेशिक रोजगारीमा लाटभिया र यूएई पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने दुई जना पक्राउ