काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई छन् ।
उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।
खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ