काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन र थुनछेक गर्न इजलास तोकिएको छ ।
दुर्गा प्रसाईं सहित ५० जनाको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने भएको छ । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुनेछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुने भएको छ । ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे
दुर्गा प्रसाईँ पक्राउ
दुर्गा प्रसाईँ र सरकारबीच २७ बुँदे सहमति
प्रधानमन्त्री कार्कीसहित सरकारी टोलीद्वारा दुर्गा प्रसाईँसँग छलफल
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ