काँग्रेसको प्रधानमन्त्री अफरवारे बोल्दै प्रचण्डले भने-'चुनावी गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्दिन'

बुधबार, १९ पुस २०७४, १५ : ५१
काँग्रेसको प्रधानमन्त्री अफरवारे बोल्दै प्रचण्डले भने-'चुनावी गठबन्धन भन्दा बाहिर गएर  प्रधानमन्त्री बन्दिन'

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी गठबन्धन भन्दा बाहिर गएर आफु प्रधानमन्त्री नहुने बताएका छन् ।

काँगेसले प्रधानमन्त्रीका लागि अफर गरेको छ किन भन्ने प्रश्नमा आज पार्टी मुख्यालयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले त्यस्तो सोचेको छैन । बामगठबनधन बनाएर निर्वाचन लड्यौँ । पार्टी एकताको संकल्प गरेर निर्वाचन लड्यौ । जनताले अनुमोदन गरेकाले त्यो भन्दा बाहिर गएर मैले प्रधानमन्त्री हुने सोचेको छैन ।’

प्रचण्डले अव सरकार निर्माणको बाटो पनि खुला भएको बताए । ‘छिटो भन्दा छिटो सरकार गठन उचित हुन्थ्यो । अव अध्यादेश पनि अगाडि बढेको छ । अव कुनै समस्या छैन । कानुनी प्रक्रिया पुरा गरेर सरकार बन्छ । ’

प्रचण्डले एकदुई दिनमा पार्टी एकता संयोजन समितिको वैठक बसेर एकताको प्रक्रिया अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस