काठमाडौ । सत्तारुढ नेकपा एमाले जेठ १५ गते काठमाडौँ गर्ने कार्यक्रम सफल पार्न तयारीमा लागेको छ।
आइतबार सचिवालय बैठक राखेको एमालेले आज जनसंगठन पदाधिकारीको बैठक राखेको छ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेलसहित तल्ला तहका पदाधिकारी पनि सहभागी छन्।
आइतबार बसेको सचिवालय बैठकले ‘सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ।
यसमा सहभागिताका लागि एमालेले जनसमुदायलाई आह्वान पनि गरेको छ।
उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिका स्तरमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको छ।
काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा साँस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिने एमालेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ०९ : ५४
लेखकबाट थप