काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।
एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ । एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो भिड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न ओली पनि च्यासलमा
जेठ १५ को कार्यक्रम सफल पार्न च्यासलमा एमाले जनसंगठनको बैठक