रूपन्देही । बर्दियाको मधुवनमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अर्को एकजना गम्भीर घाइते भएका छन् । हुलाकी सडकखण्डअन्तर्गत मधुवन नगरपालिका-८ स्थित लालसिंहचोकमा शनिबार राति देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको टंकबहादुर बीसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा बर्दिया मधुवन नगरपालिका- ८ लालीबजारका ३२ वर्षीय बीसी र गुलरिया नगरपालिका-२ का यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र डमरपालले जानकारी दिए।
प्रहरीका अनुसार र्दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पताल गुलरियामा आइतबार उनीहरूको मृत्यु भएको हो।
दुर्घटनामा गुलरिया नगरपालिका-२ का ३३ वर्षीय अनुपम यादव गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।
रातको समयमा तीव्र गतिमा रहेका मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीका अनुसार गम्भीर घाइते अनुपम यादव देवानन्द यादवले चलाएको मोटरसाइकलको पछाडि सवार थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
पर्वतमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते