काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले विदेशी सरकार प्रमुख सरहको सम्मान दिएको छ । नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर बेइजिङ पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको हो ।
राष्ट्रपति सी जिनपिङसहित चिनियाँ नेताहरूसँग व्यक्तिगतरूपमा पनि राम्रो सम्बन्ध भएकी पूर्वराष्ट्रपति भण्डारीलाई बेइजिङमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरेका छन् ।
नेकपा एमालेका विदेश विभाग सचिव रघुवीर महासेठ र उद्योगमन्त्री दामोदर भण्डारीसमेत रहेको प्रतिनिधि मण्डलको सम्पूर्ण तालिका र कार्यक्रमको योजना चीन सरकारले नै तय गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।
आजै साँझ पूर्वराष्ट्रपतिको सम्मानमा चिनियाँ पक्षले बैंक्वेट डिनर आयोजना गरेको छ । सो समारोहमा चीनका सरकारी तथा कम्युनिस्ट पार्टीका नेताहरूका साथै अन्य छिमेकी देशका नेताहरू समेत सहभागी हुनेछन् ।
बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने
नेता-कार्यकर्तासँग भेटवार्ता गर्न बारा पुगिन विद्या भण्डारी
विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन आज
विद्या भण्डारीले बढाइन् राजनीति सक्रियता, यस्तो बन्यो कार्यतालिका
विद्या भण्डारीबारे ओलीको कटाक्ष- 'संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ, कुनै अन्याय भएको छैन'
ओली झन् आक्रामक : विद्या भण्डारीमाथि बालुवाटारबाटै ‘राजनीतिक प्रहार’